कोरोना संक्रमित व्यक्ति कतारबाट चैत ६ मा काठमाडौं ल्याण्ड भएका थिए


SHARES

काठमाडौं । नेपालमा तेस्रो कोरोना संक्रमित व्यक्ति पनि विदेशबाट आएको खुलेको छ । ती युवा कतारबाट चैत ६ गते काठमाडौं ल्याण्ड भएका थिए ।

स्रोतका अनुसार चैत ६ गते काठमाडौं आएका ती युवा स्वास्थ्यमा समस्या देखिएपछि युवक काठमाडौंको एक होटलमा बसेर स्वास्थ्य जाँच गरेका थिए । । ३२ वर्षीय ती व्यक्ति चैत १० गते अस्पताल पुगेका थिए । उनको स्वाब परीक्षणका क्रममा मंगलबार बेलुकी कोरोना पोजेटिभ देखिएको थियो ।

यसअघिका दुई संक्रमित पनि विदेशबाटै आएका थिए । चीनबाट आएका पहिलो बिरामी उपचारपछि घर फर्किएका छन् ।

दोस्रो बिरामीको रुपमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीको अहिले उपचार चलिरहेको छ । धादिङका ती युवाको पनि सरुवा रोग अस्पताल टेकुमा उपचार चलिरहेको छ ।

(यसअघि दुवइबाट भन्ने कुरा सच्चाएका छौँ ।)


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV