बुन्डेसलिगा दोस्रो पटक स्थगित


SHARES

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) का कारण जर्मनको पहिलो डिभिजन लिग बुन्डेसलिगा दोस्रो पटक स्थगित गरिएको छ ।

जर्मन फुटबल लिग (डिएफएल) ले सार्वजनिक गरेको सूचनाअनुसार ३० अप्रिलसम्म फुटबल लिग स्थतिग गरिएको जनाएको छ ।

यसअघि डिएफएल ले १३ फेब्रुवरीमा जर्मनको पहिलो डिभिजन तथा बुन्डेसलिगा–२ फुटबल प्रतियोगिता अप्रिल २ सम्मलाई स्थगित गरेको थियो।

कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै जापानका प्रधानमन्त्री र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले मंगलबार एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

कोरोनाको संक्रमणबाट विश्वभरमा ४ लाख २८ हजार दुई सय २० जनामध्ये १९ हजार एक सय एक जनाको मृत्यु भइसकेको छ । जर्मनमा मात्र एक सय ५९ जना व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV