कोरोना संक्रमित युवक एयर अरबियाबाट आएका हुन् : स्वास्थ्य मन्त्रालय


SHARES

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति चैत ६ गतेयुएईको सारजाहबाटबाट नेपाल आएको पाइएको बताएका छन् ।

बुधबार भर्चुजल पत्रकार सम्मेलन गर्दै संक्रमित मन्त्री ढकालले व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिएका हुन् । ती पुरुष काठमाडौं आएपछि होटलमा बसेका मन्त्री ढकालले बताए ।

मन्त्री ढकालले भने, ‘अस्ती हामीले फ्रान्सबाट आएका एकजना बिरामी भन्यौं , त्यो प्लेनमा आउनुभएका साथीहरु । आज हामीले कतारबाट आउनुभएका साथीहरु भन्यौं ।’

ती युवक चैत ६ गते एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट राति १०ः९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित व्यक्ति स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।

त्यहाा संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आको हो ।

* स्वास्थ्यमन्त्री ढकालले पत्रकार सम्मेलनमा कतारबाट आएको भनेकाले यसअघि समाचार सोही उल्लेख गरिएकोमा पछिल्लो पटक मन्त्रालयले उक्त तथ्य सच्याएकाले समाचारमा पनि सच्याइएको छ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV