कोरोना नियन्त्रण कोषमा भाटभटेनीद्वारा एक करोड सहयोग


SHARES

काठमाडौं । सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा भाटभटेनी सुपरमार्केटसले एक करोड सहयोग गरेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो ।

भाटभटेनी सुपरमार्केटसका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सचिव नारायणप्रसाद बिडारीलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उनले आइतबार नै उक्त रकम जम्मा गर्ने घोषणा गरेका थिए ।

भाटभटेनी सुपरमार्केटसका अध्यक्ष गुरुङले मुलुक अप्ठेरोमा परेका बेला सरकार र नागरिकलाई सहयोग गर्नु आफ्नो दायित्व भएको बताउँदै उक्त कोषमा एक करोड जम्मा गरेको जानकारी गराए ।

भाटभटेनीले भूकम्पका बेलामा जस्तै ग्राहकहरुका लागि कोरोना संक्रमणका बेला पनि उपभोग्य सामग्रीको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै १० महिनाको लागि सम्पूर्ण प्रकारका खाद्यान्न उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

मन्त्रिपरिषदको बैठकले उक्त कोषमा सरकारका तर्फबाट ५० करोड रुपैयाँ सुरु पुँजी राख्ने निर्णय गरेको थियो ।

कोरोनासम्बन्धी जोखिम फैलिरहेको अवस्थामा अर्थतन्त्रमा पर्न सक्ने असर, पूर्वाधारमा लगानी गर्नुपर्ने भएकाले उक्त कोष स्थापना गरेको सरकारले जनाएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV