लकडाउन उल्लंघन गर्ने एक हजार सवारी साधन नियन्त्रण


SHARES

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने १ हजार ६३ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

अटेर गरी लकडाउन उल्लंघन गरी सञ्चालन गरेका ९२९ वटा दुई पाङ्ग्रे र १३४ वटा साना तथा ठूला सवारी गरी जम्मा १ हजार ६३ वटा सवारी साधनलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई बुधाबर दिनभर नियन्त्रण लिई सम्झाइबुझाई छाडिएको प्रमुख ढकालले बताए । साथै, घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाइ बुझाई गरी घरतर्फ नै फर्काइएको छ ।

अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV