विश्वको एक चौथाई जनसंख्या लकडाउनमा


SHARES

काठमाडौं । कोभिड–१९ का कारण विश्व नै महामारीको चपेटामा परेपछि विभिन्न राष्ट्रहरुले सम्पूर्ण पुरै देश ठप्प पारेका छन् ।

मंगलवार रातिबाट छिमेकी राष्ट्र भारतले पनि पुरै देश लकडाउन गरेपछि संसारको एक चौथाई जनसंख्या लकडाउनका कारण घरभित्र थुनिएका छन् । विश्वका २ अर्ब जनसंख्या अहिले लकडाउनमा रहेका छन् ।

बेलायतमा दुई लाख भन्दा बढी मानिसहरुले राष्ट्रिय स्वास्थ्य सेवाका लागि स्वयम्सेवामा खटिने भएका छन् । त्यस्तै स्पेनमा चीनमा भन्दा बढी ३,४३४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

ब्राजिलमा यसको खतरा कम भएको भन्दै राष्ट्रपति जायर बोल्सोनारोले आवतजावतमा लगाइएको प्रतिवन्ध फुकुवा गर्न आव्हान गरेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV