लकडाउनः सडकपेटीमा बस्ने पाँच जना बृद्धबृद्धालाई उद्धार


SHARES

कास्की । जिल्ला प्रहरी कार्यलय कास्कीले जिल्लाका विभिन्न स्थानमा सडकपेटीमा बस्ने पाँच जना बृद्धबृद्धालाई उद्धार गरेको छ । विश्वभरी  महामारीको रुपमा फैलिइरहेको कोरोनाको जोखिमलाई मध्यनजर गरी बिपतको रुपमा लिई यसबाट बच्न तथा बचाउन सर्वसाधारणहरुलाई भेला जम्मा नभई घरमा नै बसेर सावधानी अपनाउन अनुरोध गर्दै देश नै लकडाउन गर्नेसम्मको नीति अबलम्वन गरी रहेको अबस्थामा केही घरवार बिहीन बेवारिसे बृद्धबृद्धाहरुकाे उद्दार गरिएकाे जनाइएकाे छ ।

राम्रो खानपान र उचित सरसफाईको अभावमा कमजोर स्वास्थ अवस्थाका त्यस्ता बृद्धबृद्धाहरु कोरना भाइरस तथा कुनैपनि रोगको सिकार हुनसक्ने र त्यसबाट अन्य ब्यक्तिहरु पनि संक्रमित हुनसक्ने भएकोले उनीहरूकाे उद्दार गरिएकाे जिल्ला प्रहरी कायार्लयले जनाएकाे छ ।  सडकपेटी मै दिनरात गुजारी मागेर आफ्नो जीवन चलाउदै आएका ३ जना पुरुष र २ जना महिला बृद्धबृद्धालाई सडकपेटीबाट उद्दार गरी मानवसेवा आश्रम पोखरा पठाईएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV