भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या १२ पुग्यो


SHARES

भारत । भारतमा कोरोना भाइरसको प्रक्रोप बढिरहेको छ । पछिल्लो समाचार अनुसार मध्य प्रदेशमा पहिलो कोरोना संक्रमितको मृत्यु भएपछि भारतमा यस भाइरसबाट मर्नेहरुको संख्या १२ पुगेको हो ।

मध्य प्रदेश इन्दौर बस्ने ६० वर्षीय कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको हो । त्यसैगरी दिल्लीमा ५ नयाँ संक्रमित फेला परेका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार अहिलेसम्म दिल्लीमा संक्रमितहरुको संख्या ३५ पुगेको छ ।

भारतमा पछिल्लो आँकडा अनुसार कोरोना भाइरसबाट मर्नेहरुको संख्या ६ सयभन्दा बढी पुगेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV