कोरोना भाइरसका कारण मृत्यु हुने सम्भावना कति रहन्छ ?


SHARES

बिबिसी । कोरोना भाइरसका कारण अहिले विश्वभर नै त्रासको वातावरण सिर्जना भएको छ । मानिसहरुमा यसले आतंक नै सिर्जना गरेको छ ।
 
लगभग पूरै विश्व यसबाट आक्रान्त र त्रसित बनिरहेका बेला वैज्ञानिकहरुले भने यसका कारण मृत्यु हुने सम्भावना ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म मात्र हुने जनाएका छन् ।
 
ब्रिटेन सरकारका वैज्ञानिक सल्लाहकारका अनुसार कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको सम्भावना केवल ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म हुन्छ ।
 
कोरोना भाइरसको संक्रमणको मामिलामा यो मृत्युदर कम हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरमा यो भाइरसका कारण मृत्यु हुनेको संख्या ४ प्रतिशत छ । मार्च २३ सम्म ब्रिटेनमा यो दर ५ प्रतिशत थियो किनकी यसको संक्रमणको सबै मामिलाहरु पुष्टि भइसकेका थिएनन् ।
 
कोरोना भाइरसको संक्रमणका सन्दर्भमा कसको परीक्षण गर्ने र कसको परीक्षण नगर्ने भन्ने सन्दर्भमा विश्वका सबै देशहरुमा एकै किसिमको मापदण्ड छैन । जसका कारण अलग–अलग देशमा कोरोनाको संक्रमणका मामिला र यसबाट हुने मृत्युको आँकडा भ्रामक हुन सक्दछ ।
 
यसका साथसाथै यसबाट हुने मृत्युदर व्यक्तिको उमेर, स्वास्थ्य तथा स्वस्थ्य सेवासम्म उसको पहुँचमा निर्भर गर्दछ ।
 
 
जानकारहरुका अनुसार एउटा स्वस्थ्य र कम उमेरको व्यक्तिको तुलनामा वृद्ध र पहिल्यैदेखि अन्य स्वास्थ्य समस्या भएकाहरुमा खतरा ज्यादा रहन्छ ।
 
लन्डनको इम्पेरियल कलेजको ताजा आँकलनअनुसार ८० वर्षभन्दा माथिका व्यक्तिहरुमा कोरोना संक्रमणका कारण हुने मृत्युदर औसत मृत्युदरभन्दा लगभग १० गुणा बढी हुन्छ । जबकी ४० वर्षभन्दा कम उमेरका मानिसहरुमा यसको दर औसतभन्दा कम हुन्छ ।
 
ब्रिटेन सरकारका मुख्य चिकित्सा सल्लाहकार प्रोपेसर क्रिस व्हिटी का अनुसार वृद्धहरुमा यसको दर बढी देखिए पनि अधिकतम वृद्धहरुमा यो सामान्य या मध्यम लक्षणवाला विरामीका कारण हुन्छ ।
 
साथै उनले चेतावनी दिँदै भनेका छन्– हामीले ये मान्नु हुँदैन कि यसबाट युवाहरुमा कम खतरा छ । किनकी थुप्रै युवाहरु पनि यो भाइरसको संक्रमणका कारण आइसियुमा पुगेका छन् ।
 
 
उनले कोरोनाको खतरालाई सिधासाधा रुपमा उमेरसँग जोडेर हेर्न नहुने पनि बताएका छन् ।
 
पहिलोपटक चीनमा कोरोना भाइरस संक्रमित ४४ हजारको विश्लेषण गरिएको थियो । जसअनुसार जसमा पहिल्यैदेखि मधुमेह, उच्च रक्तचाप, स्वासप्रस्वाससम्बन्धी समस्या थियो उनीहरुमा मृत्युदर कम्तिमा पनि ५ गुणा बढी थियो ।
 
यी सबै कारकले एक साथ मानिसहरुको शरीरमा काम गर्छ । तर, अहिलेसम्म विश्वका अलग–अलग मुलुकमा यो भाइरसको कारण कुन तहको खतरा छ भन्ने यकिनका साथ भन्न सकिने अवस्था छैन ।
 
संक्रमणको मामिलामा मृत्युदर कुल औसत मृत्युदर होइन । भाइरसको संक्रमणका अधिकतर मामिलामा व्यक्तिमा सामान्य लक्षण देखा पर्छन् जसका कारण उनीहरु डाक्टरको जाँदैनन् । यस्तोमा स्पष्टताका साथ भन्न सकिन्छ कि संक्रमणका अधिकतर मामिला बाहिर आएका हुँदैनन् ।
 
कोरोनाको पुष्टि भएका मामिलाका आधारमा सही अर्थमा यसको मृत्युदर निर्धारण हुन सक्दैन । यसको प्रमुख कारण यो हो कि अधिकतर मामिला बाहिर आएका छैनन् । जसका कारण ती मामिलाहरु कति गम्भीर छन् भन्ने पत्ता लगेका छैनन् ।
 
 
इम्पेरियल कलेजद्वारा गरिएको एक शोधका अनुसार कोरोनाको संक्रमणको सामान्यभन्दा सामान्य लक्षणको पहिचानका लागि अलग–अलग देशमा अलग–अलग क्षमता हुनसक्छ । भाइरसको परीक्षणका लागि अलग–अलग देशले अलग–अलग तरिकाको प्रयोग गरेका हुन्छन् । परीक्षण गर्ने क्षमता पनि फरक हुन्छ र परीक्षणको मापदण्ड पनि । यी सबै कुराहरु समयअनुसार परिवर्तन हुन्छन् ।
 
रोगको पहिचान र त्यसको उपचारमा कस्तो प्रकारको सेवा उपलब्ध छ ? तथा स्वास्थ्य सेवा कति सक्षम छ ? यस कुरामा निर्भर गर्दछ कि महामारीले कुनै व्यक्ति महामारीको कुन स्टेजमा छ ?
 
यदी कुनै देशको स्वास्थ्य सेवामा पर्याप्तता छैन र अचानक अधिक संख्यामा यस्ता विमारीहरु आएमा तथा उनीहरुलाई आइसियुमा राख्नु परेमा त्यस्तो अवस्थामा मृत्युदर बढी हुन पनि सक्छ ।
 
 
वैज्ञानिकहरु उपलब्ध सबै मामिलालाई एकसाथ राखेर हेर्छन् र मृत्युदरका सम्बन्धमा एउटा निस्कर्ष निकाल्ने प्रयास गर्छन् । उदाहरणका लागि सामान्य लक्षण भएकाहरुको अनुमान गर्नका लागि उनीहरु सानो समूहको विश्लेषण गर्छन् । त्यससँग सम्बन्धित सबै तथ्य जुटाउँछन् । जस्तो कि एक विमानमा सवार सबै व्यक्तिहरुको समूह ।
 
तर, यस्ता अनुमानहरुमा साना साना कुराले पनि पूरै तस्बिर बदल्न सक्छ । र यो पनि हुनसक्छ कि त्यो पनि समयसँगै बदलिने छ ।
 
युनिभर्सिटी अफ इस्ट एज्लियाका मेडिसिनका प्राध्यापक पल हन्टर भन्छन्, मृत्युदर घटेको पनि देख्न सकिन्छ र बढेको पनि । उनी भन्छन्, इबोलाको मामिलामा मानिसहरु त्यससँग लढ्न सिकेका थिए जसले मृत्युदर घटाएको थियो । तर यो बढ्न पनि सक्छ । यदि स्वास्थ्य सेवा कामयावी नभए यसमा वृद्धि हुने सम्भावना रहन्छ ।
 
यसैकारण वैज्ञानिकहरु मृत्युदरलाई लिएर तल्लो र माथिल्लो दर बताउँछन् । साथै एक आँकलन पनि गर्छन् जो सो समयको सबभन्दा बढी तथ्यपरक हो ।
 
 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV