नेपाल फर्कदै गरेका सुत्केरी महिलासहित नेपालीहरु दिल्लीमा अलपत्र


SHARES

नयाँ दिल्ली । मुम्बईबाट नेपाल फर्कँदै गरेका डेढ महिने बच्चासहित केही नेपालीहरु दिल्लीमा अलपत्र परेका छन् । नेपालतर्फ फर्कँदै गरेका उनीहरु नेपाल र भारतमा लकडाउन गरेपछि समस्यामा परेका हुन् ।

भारतीय समाचार च्यानल ‘एबीपी न्यूज’ का अनुसार मुम्बइमा काम गर्दै आएका ती नेपाली नयाँ दिल्लीमा आइपुगेपछि ‘लकडाउन’ का कारण रोकिएका हुन् ।

दीपक नाम गरेका नेपालीले एबीपी न्यूजसँग भनेका छन्, ‘हामी मुम्बईबाट हिँड्दा सबै ठिकै थियो, रेल चलिरहेको थियो, पुग्छौँ होला भन्ने सोचेर हिँडियो, दिल्ली आइपुग्दा रेल, बस सबै रोकियो ।’

आफूहरुको समूहमा डेढ महिनाको एक बच्चासहित सुत्केरी महिला पनि रहेको उनले सुनाए । सुरुमा रानीबागस्थित एक होटलमा बसेका उनीहरुलाई होटलवालाले पनि निकालिदिएका छन् । ‘यस्तो अवस्थामा सडकमा बसेर पनि साध्य छैन,’ उनले भने ।

एबीपी न्यूज च्यानलका अनुसार उनीहरु दिल्लीबाट नेपाल जान भनेर पैदल नै हिँडेका छन् ।

एबीपी न्यूजले आफ्नो अनलाइन पोर्टलमा लेखेको छ, ‘हामी भारत सरकारलाई अपिल गर्दछौँ कि चाँडोभन्दा चाँडो यिनीहरुका लागि कुनै विकल्प खोजियोस्, उनीहरुलाई आफ्नो देश नेपाल सुरक्षित रुपमा फर्काइयोस्, यस्तो महामारीको अवस्थामा उनीहरु सडकमा हिँडेर आफ्नो ज्यान जोखिममा नपारुन् र अरुका लागि पनि खतरा नबनुन् ।’


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV