लकडाउन प्रभाव : अब आधा सिलिन्डर भरेको ग्यास


SHARES

काठमाडौं । नेपाल आयल निगमले सिलिन्डर आधामात्र भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ । यससँगै अब सिलिण्डर आधामात्र भरेको ग्यास पाइने भएको छ ।

एक सिलिन्डरमा १४.२ केजी ग्यास हुने भएकोमा अब सिलिन्डरमा ७.१ केजीमात्रै ग्यास हुनेछ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको निर्णयले मागअनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि निगमनले आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको हो । आयल निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाणमात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका एक पदाधिकारीले पुष्टि गरे ।

२०७२मा नयाँ संविधान जारी भएपछि भारतले लगाएको नाकाकन्दीमा पनि निगमले आधामात्रै सिलिन्डर भरेर वितरण गरेको थियो ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV