लुक्लामा रहेका पर्यटकलाई गाउँपालिकाले निःशुल्क गाँसबासको व्यवस्था गर्ने


SHARES

काठमाडौं । लकडाउनका कारण खुम्बु क्षेत्रमा समस्यामा परेका विदेशी पर्यटकलाई खुम्बु पासाङ ल्हामु गाउँपालिकाले निःशुल्क खाने बस्ने व्यवस्था गर्ने भएको छ ।

होटल व्यवसायी संघ लुक्लाको समन्वयमा भ्रमणका लागि सो क्षेत्रमा पुगेका पर्यटकहरुलाई निःशुल्क खाने बस्ने व्यवस्था मिलाइएको खुम्बु पासाङ ल्हमु गाउँपालिकाका उपप्रमुख टासी ल्हामु शेर्पाले जानकारी दिए ।

लकडाउनका कारण लुक्लामा १ सय ५० बढी पर्यटकहरु आवतजावत गर्न सक्ने अवस्थामा छैनन । डेढ सयको हाराहारीमा गाउँपालिकाको सम्पर्कमा रहेको उपप्रमुख शेर्पाले बताए ।

लकडाउन अवधिसम्म गाउँपालिका जारी गरेको सूचनामार्फत सम्पर्कमा आउने पर्यटकलाई सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV