कोरोना भाइरस : कुन उमेर समूहका व्यक्तिको मृत्यु हुने सम्भावना कति ?


SHARES

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वमा द्रुतगतिमा फैलिइरहेको छ । चीनको वुहान सहरबाट फैलन सुरु भएको कोरोनाका कारण विश्वमा करिब २१ हजार ३ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

कोरोनाबाट विश्वका ४ लाख ७१ हजार ८ सयभन्दा धेरै व्यक्ति संक्रमित भइसकेका छन् । १ लाख १४ हजार ७ सयभन्दा बढी व्यक्ति उपचारपछि निको भएका छन् ।

अहिले संक्रमण भइ उपचार गरिरहेका ३ लाख ३५ हजार ८ सय व्यक्तिमध्ये १४ हजार ८ सयको अवस्था गम्भीर छ । ३ लाख २१ हजार सामान्य अवस्थामा छन् ।

प्रतिशतका आधारमा हेर्ने हो भने उपचार गरिरहेका बिरामीमा ९६ प्रतिशत सामान्य अवस्थामा छन् भने ४ प्रतिशतको अवस्था गम्भीर देखिएको छ ।

अब मृत्युको आँकडालाई हेर्ने हो भने युवा अवस्थामा निकै कम देखिएको छ भने वृद्धवृद्धामा कोरोनाको आक्रमण घातक देखिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार शरीरमा रोग प्रतिरोधात्मक क्षमताका आधारमा कोरोनाको संक्रमण र मृत्यु हुने सम्भावना आंकलन गरिएको छ । उक्त क्षमता बढी भएको व्यक्तिमा कोरोनाको असर कम हुन्छ भने क्षमता कम भएको व्यक्तिमा असर बढी हुन्छ ।

कोरोना भाइरसको संक्रमणको विश्वव्यापी तथ्याङ्क हेर्ने हो भने सबै भन्दा बढी मृत्यु ८० वर्षभन्दामाथिका उमेर भएकाहरुको भएको छ । ८० वर्षभन्दामाथि उमेर पुगेकहरुमा कोरोनाको संक्रमण पुष्टि भएका मध्ये २१.९ प्रतिशतको मृत्यु भएको छ भने आशंका गरिएको आधारमा हेर्दा १४.८ प्रतिशतको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट ७० देखि ७९ वर्षसम्मका व्यक्तिमा ८ प्रतिशत, ६० देखि ६९ वर्षसम्मका ३.६ प्रतिशत, ५० देखि ५९ वर्षसम्मका १.३ प्रतिशत, ४० देखि ४९ वर्षसम्मका ०.४ प्रतिशत र २० देखि ३९ वर्षसम्मका ०.२ प्रतिशतको मृत्यु भएको छ । तर ९ वर्षभन्दा कम उमेका कुनैपनि व्यक्तिको मृत्यु भएको छैन ।

यस्तै लिंगको आधारमा हेर्ने हो भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेमा पुरुषको संख्या धेरै छ ।

संक्रमण पुष्टि भएका पुरुष मृतक ४ दशमलव ७ प्रतिशत रहेका छन् भने महिला २ दशमलव ८ प्रतिशत रहेका छन् ।

तर आशंका र पुष्टि दुवै हेर्दा पुरुष मृतक २ दशमलव ८ प्रतिशत र महिला १ दशमलव ७ प्रतिशत रहेका छन् ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV