क्वारेन्टाइनमा रहनेलाई खाद्यान्न सहयोग


SHARES

झापा । कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम कम गर्न सञ्चालनमा ल्याइने निगरानी ( क्वारेन्टाइन) मा रहनेलाई सहारा नेपाल झापाले २० लाख मूल्य बराबरको खाद्यान्न उपलब्ध गराउने भएको छ ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले कर्मचारी मानवीय कोषबाट सो रकम बराबरको खाद्यान्न संस्थाको कार्यक्षेत्र रहेका प्रदेश नम्बर १ का छ वटा जिल्लामा उपलब्ध गराइने जानकारी दिए ।

झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर आदि जिल्लामा स्थापित क्वारेन्टाइनमा रहने सो भाइरसका शंकास्पदको लागि चामल, दाल, तरकारीलगायत खाद्यवस्तु जिल्लामा रहेका विपद व्यवस्थापन समितिसँगको समन्वयमा उपलब्ध गराउने उनले बताए ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV