इन्डक्सन कहाँ पाइन्छ ? ऊर्जामन्त्री भन्छन्, 'उद्योग मन्त्रालयले बिक्रीमा राखेको छ'



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 'अनन्त'ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको अवधिमा विद्युतीय चुल्हो (इन्डक्सन) प्रयोग गरेमा २० प्रतिशत छुट दिने निर्णय गरेपछि धेरैले मन्त्रीलाई प्रश्न गरे इन्डक्सन कहाँ पाइन्छ ? ऊर्जामन्त्री पुनले विद्युतीय चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० यूनिटसम्म २० प्रतिशत छुट दिन बुधबार मातहतका निकायलाई निर्देशन दिएका थिए ।

मन्त्री पुनले बिहिबार अपरान्ह चुल्हो कहाँ पाइन्छ भन्ने जवाफ दिएका छन् । उनले वाणिज्य मन्त्रालयले चार हजार थान विद्युतीय चुल्हो बिक्रिमा राखेको जानकारी दिंदै सम्पर्क नम्बरसमेत उपलब्ध गराएका छन् ।

'धेरै मित्रहरुले इन्डक्सन चुल्हो बारे सोध्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा चार हजार थान विद्युतीय चुल्हो विक्रिमा राखिएको छ', उनले व्यक्तिगत फेसबुकमा पोष्ट गरेका छन् ।

मन्त्री पुनले विद्युतीय चुल्हो किन्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाम थापाथलीमा वा उद्योग मन्त्रालयका सचिव बैकुण्ठ अर्याल (मोबाइल नम्बर ९८५११३१९१३)सँग सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV