पूर्वश्रममन्त्री विष्टको अनुरोध, ‘श्रमिकहरुको दैनिक रोजीरोटीतिर ध्यान जाओस’


SHARES

काठमाडौं । पूर्वश्रममन्त्री तथा नेकपाका नेता गोकर्ण विष्टले कोरोना भाइरसका कारण श्रमिकहरु बढी संकटमा परेको भन्दै सहयोगका लागि ध्यान दिन अनुरोध गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै पूर्वमन्त्री विष्टले दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने श्रमिक बढी संकटमा परेको उल्लेख छ । कोरोनाका कारण दैनिक ज्यालादारी मजदूरी गर्नेका लागि थप संकट परेको बताएका छन् ।

अति धेरै जोखिममा रहेका श्रमिकहरुको देनिक रोजीरोटीको समस्यामा सम्वन्धित निकायको ध्यानाकर्षण गर्दै उनले श्रमिकहरुलाई जनस्तरबाट सममेत आआफ्नो ठाउँबाट सक्दो सहयोगको लागि अनुरोध गरेका छन् ।

उनले स्टाटसमा लेखेका छन्, ‘कोभिड–१९ ले दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने श्रमिकहरूलाई अझ धेरै संकट थपेको छ । अति धेरै जोखिममा रहेका यस्ता श्रमिकहरूको दैनिक रोजीरोटीको समस्यामा सम्बन्धित निकायको ध्यान आकर्षण गर्दछु र जनस्तरबाट समेत आ-आफ्नो ठाउँबाट सक्दो सहयोगको लागि अनुरोध गर्दछु ।’


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV