अवैधरूपमा भारतबाट आएका पाँचजना आइसोलेसनमा


SHARES

बैतडी । भारतबाट आएका एक युवकसहित आइसोलेसन वार्डमा भर्ना भएर उपचार गराइरहेका दुईको नमूना परीक्षणका लागि पठाइएको छ । भारतबाट आएका बैतडीको पुर्चौडीका एक युवक र दशरथचन्द नगरपालिकाकी ५८ वर्षीया वृद्धाको घाँटी र नाकको स्वाव (र्‍याल) परीक्षणका लागि बुधवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको हो ।

जाँच गर्दा युवकलाई १००।८ डिग्री फरेनहाइट र वृद्धामा १००।४ डिग्री फरेनहाइट ज्वरो देखा परेपछि आइसोलेसनमा राखिएको जिल्ला अस्पताल बैतडीका चिकित्सक वसन्तराज जोशीले जानकारी दिए ।

युवकलाई दशरथचन्द नगरपालिकाले स्थापना गरेको जगन्नाथ बहुमुखी क्याम्पसको आइसोलेसनर वृद्धालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको उनले बताए । वृद्धालाई पाँच दिनदेखि बिरामी भई अस्पताल आएपछि जाँच गर्दा ज्वरोसँगै खोकी र श्वासप्रश्वासको समस्या देखिएकोले कोरोना भाइरसको जस्तै सम्भावित लक्षण देखा परेकाले आइसोलेशनमा राखिएको हो । यस्तै वृद्धाका घरपरिवारलाई पनि क्वारेन्टाइनमा राखिएको छ । बृद्धा १० दिनअघि कैलालीको सुख्खडबाट बैतडी आएको बुझिएको छ ।

यस्तै आइसोलेसनमा रहेका युवक भने सीमानाका बन्द रहेका बेला अवैधरूपमा भारतबाट महाकाली नदीमा ट्युबमा तरेर नेपाल आएका हुन् । युवकसँगै ट्युबमा आएका अन्य चार जनालाई पनि आइसोलेशनमा राखिएको छ तर तिनीहरुलाई भने १०० डिग्री फरेनहाइट भन्दा कम ज्वरो रहेको अस्पतालले जनाएको छ ।

प्रयोगशाला पठाइएको नमूनाको रिपोर्टपछि मात्रै उनीहरुमा कोरोना भए नभएको थाहा हुने बताइएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV