कोरोना अस्पताललाई अत्यावश्यक सामग्री सहयोग


SHARES

चितवन । लायन्स क्लब इन्टरनेशनल ‘डिस्ट्रिक्ट ३२५ बि टु’ ले भरतपुरमा हालै सञ्चालनमा आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई अत्यावश्यक सामाग्री उपलब्ध गराएको छ ।

क्लबका उप डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले भरतपुर महानगरपालिकाका प्रमुख एवं अस्पतालका संयोजक रेनु दाहाललाई ती सामाग्री विहीबार हस्तान्तरण गरिएको हो ।क्लबले ५० थान कोरोना भाइरस उपचारका क्रममा स्वास्थ्यकर्मीले लगाउने पोशाक (पिपिई) र ५० लिटर सेनिटाइजर अस्पताललाई हस्तान्तरण गरेको हो । ती सामाग्रीको मूल्य रु तीन लाख भन्दा वढी रहेको जनाइएको छ ।

आगामी दिनमा आवश्यकता अनुसार थप सहयोग गर्दै जाने प्रतिवद्धता क्लबका उप डिस्ट्रिक्ट गभर्नर भट्टले व्यक्त गरे । सामाग्री ग्रहण गर्दै महानगर प्रमुख दाहालले सम्भावित कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न साझा अभियान सञ्चालन गरिएको बताइन् ।

अस्पतालका सदस्य सचिब डा. भोजराज अधिकारीले अहिलेका अवस्थामा अत्यावश्यक सामाग्री प्रदान गरेकोमा लायन्स क्लवलाई धन्यवाद दिदै कोरोनाका विरुद्ध जुट्न सबैमा आह्वान गरिन् ।

सो कार्यक्रममा क्लबका चिफ एड्भाईजर सिद्धार्थलाल चुके, दिननाथ न्यौपाने, सिनियर एड्भाईजर डा.शारदा कुँवर, बागेश्वरी लायन्सका पूर्ब अध्यक्ष पूर्णबहादुर श्रेष्ठ र नारायणगढ लायन्सका अध्यक्ष निरज श्रेष्ठ सहभागीता थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV