तनहुँका सांसद श्रेष्ठको अपिल, 'लकडाउनले दैनिक जीवन गुजार्न समस्या भए मलाई फोन गर्नुस्'


SHARES

दमौली । तनहुँ-१ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ले लकडाउनका समयमा दैनिक जीवन गुजार्न समस्या पर्नेहरुलाई सहयोग गर्ने बताएका छन् ।

सार्वजनिक अनुरोध गर्दै सांसद श्रेष्ठले परिस्थितिका कारण भौतिक रुपमा आउन नसक्ने भएपनि निम्न वर्गका नागरिकहरलाई कुनै कठिनाइ र दैनिकी चलाउन समस्या भएमा आफूलाई सम्पर्क गर्न भनेका छन् ।

लकडाउनका बेला दैनिक ज्यालादारी काम गर्ने र बिहान बेलुका गुजारा चलाउनेहरुलाई समस्या परेको छ । यस्तो बेलामा आफ्नो जिल्ला तनहुँमा पनि निम्न वर्गका नागरिकहरुलाई समस्या परेको हुनसक्ने भन्दै उनले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

नागरिकखबरसित कुराकानी गर्दै सांसद श्रेष्ठले भने, ‘दैनिक जीवन गुजार्न समस्या हुनेहरुका लागि सहयोगको व्यवस्था गर्नेछु ।’

उनले सहयोग गर्ने प्रतिवद्धताका साथै आफ्नो र आफ्ना स्वकीय सचिव जगत खड्काको नाम समेत सार्वजनिक रुपमा जानकारी गराएका छन् ।

उनको अनुरोध यस्तो छ–

हार्दिक अनुरोध
अहिले कोरोना (कोभीड–१९) भाइरसको संक्रमणले सिङ्गो विश्व अक्रान्त बनेको छ । नेपाल पनि यसको संक्रमण र जोखिमबाट अछुतो बन्न सकेको छैन । अहिलेसम्म तिन जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । हाम्रो आशा र अपेक्षा छ, यो संख्या यसभन्दा बढि नहोस् । कोरोनाको संक्रमणबाट नागरिकलाई बचाउन सरकारले देशैभर अहिले लकडाउन गरेको छ । सरकारको अनुरोधलाई नागरिकले स्विकार गरेर सबै आ–आफ्नो घरमा बस्नु भएको छ । कोरोनाको स्थिती सामान्य भएपछि लकडाउन खुल्ने नै छ । तर लकडाउनको अवधिमा विशेषगरी श्रमजिवी वर्गहरु जो दिनभरी काम गरेर विहान र बेलुकीको छाक टार्नु पर्ने अवस्था थियो । उहाँहरुको जिवन पक्कै पनि कष्टकर बनेको छ । एक जिम्मेवार जनप्रतिनिधिको हैषियतले यहाँहरुको कष्टकर दैनिकी र यो कठिनपुर्ण स्थितीलाई मैले महशुस गरेको छु तर लकडाउनको यो अवस्थामा यहाँहरुको दुःख र कठिनाईमा साथ दिनकोलागि भौतिकरुपमा उपस्थित हुन सकिरहेको छैन । देशको अवस्था सामान्य भईसकेपछि पक्कै पनि यहाँहरुको अवस्था बुझ्न र साथ दिन आउने बाचा गर्दछु । यो कठिनाईपुर्ण अवस्थामा तनहँु जिल्लाका निम्न वर्गका नागरिकहरुलाई त्यस्तो कठिनाई परेको र दैनिक जिवन गुर्जान कठिन भएको भए यहाँहरुकै अभिभावक र यहाँहरुको जनप्रतिनिधिकोरुपमा सम्झी मलाई निम्न नम्बरमा सम्पर्क गरेर यहाँहरुको समस्या बताउनु भएमा म सक्दो सहयोग गर्ने वाचा र प्रतिबद्धता जनाउँदछु ।

कृष्णकुमार श्रेष्ठ (किसान)
संघीय सांसद
प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १
मोवाईल नम्बरः ९८५१०३८५३५, ९८५६०४८५३५
जगत खड्का
स्वकीय सचिव
मोवाईल नम्बरः ९८४१४२४९६१


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV