वुहानमा जीवन डोर्याइरहेको हरियो संकेत



एजेन्सी । कोरोना भाईरसको उद्गमस्थल चीनको जनजीवनलाई अहिले स्मार्ट फोनमा आउने विशेष कोडयुक्त हरियो संकेतले डोर्याइरहेको छ ।

स्मार्ट फोनमा आउने कोडसहितको ग्रीन सिग्नलले त्यो ब्यक्ति कोरोना भाईरसको संक्रमणबाट मुक्त छ भन्ने संकेत दिन्छ ।

अहिले चीनको कुनै पनि रेल स्टेशन, बस स्टेशन, होटल तथा वुहान क्षेत्रमा प्रवेश गर्नका लागि कोडसहितको ग्रीन सिग्नल अनिवार्य मानिन्छ ।

स्वास्थ्यसंग सम्बन्धित यो कोडको माध्यमबाट चिनियाँ सरकारले सबै फोन प्रयोगकर्ताहरुका बारेमा आवश्यक जानकारी राख्छ ।

चीनको एक कपडा उत्पादक कम्पनीका प्रबन्धक वु शेंगहोंगले वुहान सब वे स्टेशनमा आफ्नो स्मार्ट फोन निकाले ।

त्यहाँ टासिएको एक पोस्टरमा अंकित बारकोडलाई स्क्यान गरे । मोबाईलमा तुरुन्तै उनको परिचय पत्रको संख्यासहित हरियो संकेत आयो ।

त्यसपछि मात्रै उनले सब वे बाट जाने अनुमति पाए । अक्सफोर्ड विश्वविद्यालयका अनुशन्धानकर्ताहरुले पनि यसलाई सकारात्मक कदम मानेका छन ।

उनिहरुले विज्ञान पत्रिका ‘साईन्स’ मा प्रकाशित ‘डिजिटल कन्ट्याक्ट ट्रेसिङ’ शिर्षकको एक रिपोर्टमा चीनियाँ सरकारको यो प्रयासलाई अन्य सबै मुलुकले अपनाउनुपर्ने सुझाव दिएका छन ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV