सञ्चारकर्मीलाई राहत प्याकेज घोषणा गर्न माग


SHARES

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौं, ललितपुर, भक्तपुर शाखाले बन्दाबन्दीको समयमा कार्यक्षेत्रमा खट्ने सञ्चारकर्मीलाई विशेष बीमासहित निःशुल्क उपचार, श्रमजीवि पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा माग गरेका छन् ।

काठमाडौं शाखा अध्यक्ष शान्तराम बिडारीले जोखिम मोलेर कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीले राहत प्याकेजको माग गरेको जानकारी दिए । उनले पत्रकारले नै सञ्चालन गरेका स्वरोजगारमुखी मिडियालाई पत्रिका प्रकाशन हुन नसकेको अवस्थामा पनि सरकारले दिने सहुलियत यथावत् कायम राख्नसमेत माग गरेको बताए ।

कोभिड–१९ को कारणले साप्ताहिक, पाक्षिक पत्रिका बन्द भएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १२ गते, सोमबार

menu LIVE TV