कोरोना भाइरस : अमेरिकी वरिष्ठ वैज्ञानिकको चेतावनीले संसारकै आशामा झट्का !


SHARES

एजेन्सी । अमेरिकाका वरिष्ठ वैज्ञानिकले चेतावनी दिएका छन् कि कोरोना भाइरसले बिस्तारै मौसमी बिरामीको रुप धारणा गर्न सक्छ । सरुवारोगका अमेरिकी वरिष्ठ विशेषज्ञ डा. एन्थनी फाउचीले संसारभरबाट पूर्णरुपमा कोरोना भाइरस नियन्त्रण असम्भव हुँदै गएको बताएका छन् ।

नेशनल इन्टिच्युट अफ हेल्थको सरुवा रोगका विशेषज्ञ डा. एन्थनी फाउचीले भनेका छन्, 'यस वर्ष संसारभरबाट भाइरसलाई निर्मुल पार्न असम्भव छ । नियन्त्रणमा नआउँदै आउँदो फ्लू सिजनमा अमेरिकामा फेरि एक पटक कोरोना भाइरसले सक्रियता देखाउँछ ।'

अमेरिकाले कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाउन र उपचारका अनेक तरिका अवलम्वन गरेको उनको भनाइ छ । आफूले यसको फेरि महामारीरुपलाई ध्यान दिएर तयारी थालेको पनि उनले बताएका छन् । फाउचीले भनेका छन्, 'अब कोरोना भाइरसले नियन्त्रणपछिको सक्रियता देखाउँदा अमेरिकासँग रोक्नेका उपायको खोजी हुनेछ ।' उनले यसअघि नै कोरोना भाइरसविरुद्धको भ्याक्सिन १२ देखि १८ महिनाभित्र प्रयोगमा आउने बताएका थिए ।

डा फाउचीले अमेरिकामा अहिलेको महामारीबाट कम्तिमा १ लाख जनाको ज्यान जानसक्ने बताएका छन् । उनले अमेरिकामा आम नागरिकले जान्दाजान्दै पनि घर बाहिर निस्किएर आफूलाई खतरामा हालेको टिप्पणी गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिले कोरोना भाइरसविरुद्ध ४० भ्याक्सिन परीक्षण गरिएको छ । त्यसमध्ये केही भ्याक्सिन मानिसमा परीक्षणका लागि तयारी अवस्थामा छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो हप्ता अमेरिकाका लागि सबैभन्दा कठिन समय हुने बताएका छन् । अमेरिकामा अहिलेसम्म १० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV