न्युयोर्कको वास्तविक अवस्था : शवगृह भरिए, नयाँ शवगृह बनाउने तयारी


SHARES

एजेन्सी । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या झण्डै ११ हजार पुगेको छ । न्युयोर्कमा सबैभन्दा धेरै संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामै धेरै रहेको छ ।

शवदाह गर्न पालोमा राख्नुपर्ने अवस्था भएपछि मृत्यु हुनेको शव लाइनमा राखिएको छ । न्युयोर्क सिटीका अधिकारीहरुले तत्कालका लागि सार्वजनिक स्थानहरुमा शव राख्ने ठाउँ बनाउने बताएका छन् ।

न्युयोर्क सिटीका मेयर बिल दे ब्लाजियोले सिटीस्थित अस्पतालहरुका शवगृह भरिएका कारण अब सार्वजनिक ठाउँमा शव राख्ने बताएका न्युयोर्क टाइम्सले जनाएको छ ।

न्युयोर्क टाइम्ससँग उनले भने, 'हामी अत्यन्तै प्रतिकूल अवस्थामा छौँ । अझै समस्या थपिदै गएको छ । हामीसँग ठूलो मात्रामा शवगृह उपलब्ध छन् । त्यसले धान्ने अवस्था छैन । हामी मृतकका परिवारसँग मिलेर नयाँ विकल्पका विषयमा सोच्दैछौँ ।'

न्युयोर्क सिटी काउन्सिल हेल्थ कमिसनका प्रमुख मार्क डि लेभिनले सार्वजनिक पार्कहरुमा अल्पकालीन शवगृह बनाउने बताएका छन् । मेयर ब्लाजियोले भने पार्कमा शवगृह बनाउने कुरा अस्वीकार गरेका छन् ।

मेयर ब्लाजियोले सिटीले ब्रोङ्स स्थित हार्ट आइल्याण्डमा शव राख्ने व्यवस्था मिलाउने संकेत गरेका छन् । न्युयोर्कमा झण्डै १ लाख संक्रमित र चार हजार जनाले ज्यान गुमाएका छन् ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV