देशभर साढे ३० हजारजना क्वारेन्टाइनमा, तयारी अवस्थामा दुई हजार एम्बुलेन्स


SHARES

काठमाडौं । सरकारले देशभरका विभिन्न स्थान निर्माण गरिएका क्वारेनटाइनमा ३० हजार ५०० जना व्यक्ति रहेको जानकारी दिएका छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले विदेशबाट आएका वा कोरोना संक्रमणका शंका लागेका व्यक्तिलाई क्वारेन्टाइनमा राखेको हो ।

यस्तै, लकडाउनको अवस्थमा २ हजार ६०० भन्दा बढी व्यक्तिहरुलाई कारबाही गरी सम्झाएर छाडेको र २ हजार २३५ सवारी साधनहरुलाई समेत कारबाही गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको शंका लागेकाहरुलाई सेवा दिन देशैभर एक हजार ९३९ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गरिएको जानकारी समेत सचिव बिडारीले दिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV