कोरोनाको औषधि सम्झेर खाए विषाक्त रक्सी : ६ सयको मृत्यु, ३ हजार सिकिस्त !


SHARES

एजेन्सी । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म झण्डै ३ हजार ८ सय पुगेको छ । तर विषाक्त रक्सी सेवनले त्यहाँ ६ सय जनाको मृत्यु भएको छ । ३ हजार व्यक्ति विषाक्त रक्सी सेवनका कारण सिकिस्त भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

डेलीमेलका अनुसार मंगलबार इरान सरकारका प्रवक्ता घोलम हुसैन इस्माइलीले कोरोना भाइरसको औषधि सम्झेर निट अल्कोहल पिएका र त्यसपछि ३६ सय जना बिरामी परेको बताए ।

इस्माइलीका अनुसार विषाक्त अल्कोहल खाएका ६ सय जनाको मृत्यु भइसकेको पुष्टि गरेका छन् । उनले अल्कोहलका कारण कोरोना भाइरसलाई कुनै पनि सकरात्मक असर नगर्ने भएकाले कुनै पनि प्रकारको रक्सी सेवन नगर्न नागरिकलाई आग्रह गरेका छन् ।

तस्निम न्युज एजेन्सीसँग कुराकानी गर्दै उनले यो घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको र उनीहरुविरुद्ध आपराधिक गतिविधि गरेको आरोपमा मुद्दा चलाइएको जनाएका छन् ।

इरानमा कोरोना भाइरसका ६२ हजार भन्दा धेरै संक्रमित रहेका छन् । अहिले इरानले जारी गरेको तथ्याङ्कमा प्रश्न उठाइएको छ । इरानका ३१ सांसदलाई पनि कोरोना संक्रमण भएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV