कोरोना संक्रमणबाट बेलायतमा अर्का पूर्वगोर्खा सैनिक गुरुङको मृत्यु


SHARES

लन्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणाट बेलायतमा एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ ।

लामो समयदेखि बेलायतमा बस्दै आएका पूर्वगोर्खा चेतप्रसाद गुरुङको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । उनी ५८ वर्षका थिए ।

तमुधिँ लण्डन इकाईका वरिष्ठ उपाध्यक्ष रहेका चेतप्रसाद गुरुङको हिजो (मंगलबार) साँझ लण्डन ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।

तमुधिँ लण्डन ईकाईका पूर्वअध्यक्ष दीपक (डेविड) गुरुङले चेतप्रसादको निधन भएको पुष्टि गरे । गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङले पनि चेतप्रसादको निधन भएकोमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरे । अध्यक्ष गुरुङले बेलायत र विश्वमा रहेका नेपालीहरुलाई सतर्कताका साथ रहन अपिल समेत गरे ।

नेपालमा पर्वत स्थायी घर भएका समाजसेवी गुरुङ लामो समयदेखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका थिए । उनी १४ दिनदेखि अस्पतालमा उपचाररत थिए ।

कोरोना संक्रमणका कारण बेलायतमा यसअघि पूर्वगोर्खा सैनिक लीलाबहादुर राई र प्रशान्त अर्यालको निधन भएको थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV