पाँच दिनदेखि लागेको आगो नियन्त्रण भएन, स्थानीय बासिन्दा त्रसित


SHARES

सिन्धुली । सिन्धुलीको दुधौली नगरापालिका ३ गाउँटोल खुटेपानी चुरे जंगलमा पाँच दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

डढेलो वस्ती नजिकतिर सोझिएपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।

स्थानीय बासिन्दा मिलेर आगो निभाउने कोशिस गरेको भएपनि नसकिएको स्थानीय रमेश बरालले जानकारी दिए ।

लकडाउनका समय भएकाले अहिले गाउँलेहरु सबै आगो निभाउनेतर्फ ध्यान दिइरहेका छन् । तर, सकेका छैनन् ।

सुरक्षाकर्मीको सहयोग नभएमा आगो नियन्त्रणमा लिन सकिने स्थिति नरहेको बरालले बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV