विमान चार्टर्ड गर्दै गोर्खालीलाई 'कोरोनासँग लड्न' किन लाँदैछ बेलायत ?


SHARES

समाचार टिप्पणी-

काठमाडौं । शुक्रबार २५० जना ब्रिटिश नागरिक लगायत ब्रिटिश गोर्खा सेना र तिनका परिवार टिटन ऐयरवेजद्वारा बेलायततर्फ उड्दैछन् ।

उनीहरु काठमाडौंबाट दुवई हुँदै लन्डन स्टानस्टेड एयरपोर्ट उड्दैछन् । नेपालका लागि ब्रिटिश राजदूत निकोला पोलिट आफ्नो नागरिकलाई देश फर्काउन निकै मिहिनेत गरिरहेका छन् ।

बुधबार पहिलो उडानमा पनि २५० जना काठमाडौंबाट युके उडेका थिए । यी दुवै उडानमा सय जनाभन्दा बढी गोर्खा सेना र परिवारहरु पनि छन् ।

कोभिड–१९ को असर बिश्वब्यापी भइरहेको अवस्था र प्राय देशहरुले लकडाउन गरेको समयमा पनि चार्टर गरेर हवाई जहाजहरु उडाइरहेका छन् । डब्लुएचओको नियमनुसार कुनै पनि यात्रुवाहक जहाज नउडाउनुपर्ने हो । कोरोना भाइरस मुख्य गरी ट्राभलबाटै एक देशदेखि अर्को देशमा फैलिएको प्रमाणित भइसकेको छ र महामारीको रुप लिइसक्यो ।

युकेको आँकडा हेर्दा एक दिनमै ९३८ जनाको मृत्यु, ६० हजार ७३३ जना पोजेटिभ र ७ हजार ९७ जनाको कोरोनाबाट मृत्यु भइसकेको अवस्था छ । स्वयम प्रधानमन्न्री बोरिश जोन्सन पनि ईन्टेन्सिभ केयरमा छन् ।

नेपालमा भने दुई हप्ते लकडाउन सकेर तेस्रो हप्ता पुग्दासम्म एक जनाको पनि कोरोनाको कारण मुत्यु भएको छैन । जम्मा नौ जना संक्रमित भएकोमा एक जना उपचारपश्चात घर फर्किसकेको छ र आठ जनाको स्थिति पनि सुधारजनक नै बुझिन्छ । यो संख्या हेर्दा नेपाल कोरोनाबाट सुरक्षित अवस्थामा छ भन्न सकिन्छ । हिजोसम्मको खबरनुसार युकेमा बसेका नेपालीमध्ये पाँच जनाको कोरोनाका कारण मृत्यु भएका छन् ।

यस्तो विसम परिस्थितिमा १०० जनाभन्दा बढी गोर्खा सेना र तिनका परिवार जहाँ दैनिक ९०० बढी मुत्युको मुखमा गइरहेको देशतिर उड्दा नेपालमा रहेका आफन्तलाई कस्तो अनुभूति होला ?

बेलायतमा विभिन्न रोजगारी, पेशा र व्यवसायमा रहेका ब्रिटिश नागरिकता लिएका नेपालीहरुका लागि यो समय बाध्यताको समय पनि हुनसक्ला तर संक्रमणको जोखिमपूर्ण स्थितिमा पुगेको बेलायतले सुरक्षित जोन नेपालमै गोर्खाली र उनका परिवारलाई भाइरस नियन्त्रणमा नआउञ्जेल छाडे के बिग्रिन्थ्यो र ? यो जनजनमा उब्जिएको प्रश्न छ ।

विश्वयुद्धहरु लडेका सन्तति ब्रिटिश गोर्खाका सन्तानलाई फेरि पनि कोरोनासँग लड्न बेलायतमा विमान चार्टर्ड गरेर त उडाइदै छैन ? प्रश्न अनुत्तरित बनेको छ । शुभयात्रा अनि कोरोना पराजित गर्न सकोस् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV