मिस इङ्ल्याण्ड ताज त्यागेर यसकारण फर्किइन् भाषा डाक्टरी पेशामा


SHARES

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न संकटप्रति संवेदनशील बन्दै सन् २०१९ की मिस इङ्ल्याण्ड भाषा मुखर्जी आफ्नो प्राप्त ताज त्यागेर पुरानै डाक्टरी पेशामा फर्किएकी छन् ।

भारतीय मूलकी भाषा ब्रिटिस नागरिक हुन् । उनको बाल्यकाल कलकत्तामा बितेको थियो । उनी नौ वर्षकी हुँदा उनको परिवार बेलायत गएको थियो भने उनी सन् २०१९ मा मिस इङ्ल्याण्ड चुनिएकी थिइन् । सिएनएनलाई उनले दिएको अन्तर्वार्ताका अनुसार उनी गत हप्तामात्र बेलायत फर्किएकी हुन् । मिस इङ्ल्याण्डमा चुनिएपछि उनी विश्वका विभिन्न देशहरुमा भएका मानवीय कार्यहरुमा भाग लिन पुगेकी थिइन् ।

मिस इङ्ल्याण्डमा चुनिनु पहिले उनी बोष्टनको पिलग्रिम अस्पतालमा जुनियर डाक्टर थिइन् । उनी श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ हुन् । उनले अन्तर्वार्तामा देशमा बढेको कोरोना भाइरसको संक्रमणलाई ध्यान दिँदै आफूलाई देशको जरुरत भएको भन्दै उनी डाक्टरी पेशामा फर्किएको बताइन् ।

भाषा विदेशबाट भर्खरै मात्र फर्किएकाले उनीलाई १५ दिने क्वारेन्टाइनमा राखिएको छ । त्यसपछि उनी अस्पतालमा काम गर्न जान सक्ने बताइएको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV