सडकमा छाडिएका बेवारिसे बाच्छाबाच्छीको उद्धार (भिडियो)


SHARES

काठमाडौं । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, एस.पी.सि.ए र असहाय बाच्छाबाच्छी संरक्षण अभियानको संयुक्त पहलकदमीमा राजधानीका सडकमा बेवारिसे छाडिएका बाच्छाबाच्छीको उद्दार गरिएको छ ।

सो टोलीले आज दोस्रो दिन काठमाडौँको महाराजगञ्ज र बाँसबारी क्षेत्रबाट ६ र भक्तपुरको गठ्ठाघर, ठिमी र सल्लाघारीबाट १२ गरी कूल १८ बाच्छाबाच्छीको उद्धार गरेको हो । उद्धार गरिएका बाच्छाबाच्छीलाई गोठाटार, वाग्मती किनार नजिकै राखिएको छ । सो स्थानमा पहिलेदेखि नै उत्तम पुडासैनी सहितका समाजसेवीहरुले ७० भन्दा बढी बाच्छाबाच्छीलाई संरक्षण गर्दै आएको बताइएको छ ।

 

टोलीका एक सदस्य तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले भोलि कपन क्षेत्र, गोङ्गबु, बालाजु हुँदै नेपालटारसम्म पुग्ने उल्लेख गर्दै आ–आफ्ना क्षेत्रका सडकहरुमा रहेका बेवारिसे बाच्छाबाच्छीको बारेमा जानकारी दिन अनुरोध पनि गरेका छन् । सो अभियानमा उत्तम पुडासैनी, ईश्वर पुडासैनी, विकेश श्रेष्ठ, विना पन्त, सम्झना आचार्य लगायतका युवाहरु सक्रिय रहेका छन् ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV