चलचित्र बोर्डको अध्यक्षमा १० आवेदन : भुवन केसीदेखि निर्देशक दाहालसम्म


SHARES

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सो बोर्डको अध्यक्षका लागि वैशाख १५ गते आवेदन आव्हान गरेको थियो ।

आवेदन दिनेहरुमा अभिनेता भुवन केसीदेखि निर्देशकहरु, दयाराम दाहाल र दीपक श्रेष्ठसम्मका छन् ।

आवेदन दिनेहरुमा भगवतीकुमारी मैनाली (बारा), राजेश थापा (मोरङ), अर्जुनकुमार डंगोल (नुवाकोट), ध्यानबहादुर सुब्बा (झापा), परशुराम चौधरी (सुनसरी), साहित मानन्धर (काठमाडौं), राजेन्द्रकुमार उप्रेती (मकवानपुर) छन् ।

आवेदन दिएकामध्येमा एकजना अध्यक्षमा नियुक्त हुनेछन् । आवेदन दिनेहरु अहिले नेताहरुकोमा भनसुन गर्न दौडधुपमा छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १५ गते, बिहीबार

menu LIVE TV