अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित


SHARES

पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा बर्सेनि जुन ३ (अन्नपूर्ण आरोहण दिवस) का दिन अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म गर्दै आइएको अन्नपूर्ण म्याराथन एवं अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको यस वर्ष गर्न लागिएको तेस्रो संस्करण स्थगन गरिएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै यस वर्षको म्याराथन एवं महोत्सव स्थगन गरिएको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगत तीन वर्षदेखि निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै आएको बताउँदै अध्यक्ष गुरुङले अहिलेको प्रतिकूल परिस्थितिका कारण यसवर्षको कार्यक्रम स्थगन भए पनि आगामी वर्षमा पूर्वनिर्धारित समयानुसार नै कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराउनुभयो । कार्यक्रमका लागि विभिन्न सरकारी र गैरसरकारी सङ्घसंस्थाबाट विनियोजन हुँदै आएको रकम आगामी वर्षमा पनि निरन्तरताका लागि सम्बन्धित निकायसँग समितिले अनुरोध गरेको छ ।

विसं २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधार शिविरमा आएको हिमआँधीले अन्नपूर्ण आधार शिविरका होटलमा भएको गम्भीर क्षति, भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा अन्नपूर्ण पदयात्रामार्गअन्तर्गत हिन्कु केभमा भएको दुःखद् घटना र अहिले विश्वव्यापी बनेको कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रणका लागि जारी बन्दाबन्दीले यहाँको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको उनले बताए ।

धाराशायी बन्दै गएको अर्थतन्त्रलाई माथि उकास्न सम्पूर्ण पर्यटन क्षेत्रको पुनरुत्थान हुने गरी स्थानीय, प्रदेश र सङ्घ सरकारसँग समितिले अनुरोध गर्दै बन्दाबन्दीलाई पूर्ण पालना गर्न आग्रह गरेको छ । रासस


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV