भारतीय अभिनेत्री अनुष्काविरुद्ध नेपालीलाई अपमान गरेकामा मुद्दा दर्ता



एजेन्सी । नेपाली महिलालाई अपमान गरेको भन्दै भारतीय अभिनेत्री अनुष्का शर्माविरुद्ध अरुणाञ्चल प्रदेशमा मुद्दा परेको छ । शर्माले निर्माण गरेको सिरियल पाताल लोक मा नेपाली महिलामाथि आपत्तिजकन शब्दको प्रयोग गरिएकाले अल अरुणाञ्चल प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोगमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पाताल लोकमा नेपाली महिलालाई अपमान गरिएको छ । शर्माकोविरुद्ध लाखौँ नेपालीले समाजिक सञ्जालमार्फत शब्द र दृश्य हटाउन माग गरेका छन् । नेपालीलाई अपमान गरेपछि उनको सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमासमेत उनीविरुद्ध हजारौँ नेपालीले बिरोध जनाएका छन् ।

गोर्खा समाजले नेपाली समुदायको मानहानी गरेको उल्लेख छ । त्यस्तै दार्जिलिङकी अञ्जनी शर्माले नयाँ दिल्लीस्थित मानव अधिकार आयोग र साइबर क्राइममा सोमबार मुद्दा दर्ता गरेकी छन् । त्यस्तै भारतीय युवा गोर्खा परिसंघले पनि उनीविरुद्ध भारतीय सूचना एवं प्रसार मन्त्रालयमा कारबाहीको माग गर्दै उजुरी दर्ता गरेको छ ।

मे १५ तारेखमा सार्वजनिक गरिएको अंकमा पूर्वोत्तरकी एक नेपाली भाषी महिलाको भूमिकामा रहेकी पात्रलाई वेश्या भनेर सम्बोधन गरिएको छ । त्यो शब्द र दृश्य दुवै नेपाली महिलामाथि अममान गर्ने खालको रहेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV