राष्ट्रिय सुचना आयोगले भन्यो, ‘कोरोनाबारे बुझ्ने गरी सूचना देउ’


SHARES

काठमाडौं । राष्ट्रिय सुचना आयोगले कोरोना भाइरस (कोभिड १९) बारे बुझ्ने गरी सुचना दिन माग गरेको छ । आयोगले कोरोना भाइरसका कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्न गरिएको तयारी सम्बन्धी सूचना नागरिकले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता कमला ओली थापाद्वारा जारी विज्ञप्तिमा सो निर्देशन दिएको हो । आमसञ्चारकर्मीको स्वास्थ्य सुरक्षाको उचित व्यवस्था मिलाउनसमेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै कोरोना भाइरसबाट बच्ने उपायका विषयमा जानकारी दिन स्थानीय भाषाको सञ्चार माध्यमको समेत अधिकतम प्रयोग गर्न सुझाव आयोगले दिएको छ ।

औषधिका बारेमा नियमित तीनै तहका सरकार र सम्बन्धित स्वास्थ्य संस्थाबाट सार्वजनिक गर्ने व्यवस्था मिलाउनसमेत आयोगले माग गरेको छ । आइसोलेसन, क्वारेन्टाइन, होम क्वारेन्टाइन, सरकारी एवं गैरसरकारी तवरमा निर्मित सङ्घ, प्रदेश, स्थानीय तहका उपचार स्थलमा रहेका नागरिक बारेमा एकीकृत तथ्याङ्कको विवरण सार्वजनिक गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ । (गोरखापत्र)


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV