आइसिसीद्वारा घरेलु अम्पायर प्रयोग गर्न सिफारिस, बीसीसीआईलाई चुनौती


SHARES

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु अम्पायर राख्नलाई सिफारिस गरेको छ । जसबाट भारतीय खेल अधिकारीका लागि सबैभन्दा धेरै समस्या पर्ने भएकाे छ । भारतमा हालका र पूर्व खेल अधिकारीका अनुसार अन्तर्राष्ट्रिय खेल अर्थात टेष्ट म्याचमा भारतीय घरेलु अम्पायरका लागि ठूलो चुनौती रहेका ठान्दछन् ।

गत वर्ष भारतीय अम्पायर एस रवीलाई आइसीसीले एलिट प्यानल अम्पायरबाट हटाइएको थियो । यसपछि त्यहाँ कुनै भारतीय अम्पायर छैन । टेष्ट खेलका लागि अम्पायरलाई यस सुचिमा चुन्ने गरिन्छ । यसभन्दा तल्लोक्रममा रहेको अन्तर्राष्ट्रिय प्यानलमा भारतका ४ अम्पायर रहेका छन् । जसमध्ये सबैभन्दा अनुभवी अम्पायर नितिन मेनन (३ टेष्ट, २४ एकदिवसीय, १६ टी२०) सँगमात्र टेष्ट खेलको अनुभव रहेको छ ।

यस्तै, सी शमशुद्दीन (४३ एकदिवसीय, २१ टी२०), अनिल चौधरी (२० एकदिवसीय, २० टी२०) र वीरेन्द्र शर्मा (२ एकदिवसीय, एक टी२०) को अनुभव रहेको छ । उनीहरुलाई टेष्ट खेलको कुनै अनुभव छैन । अनुभव नभएपनि यी अम्पायरहरुले जनवारीमा इंग्ल्याण्डविरुद्धको घरेलु टेष्ट सिरिजमा काम गर्न सक्ने छन् ।

पूर्व अन्तर्राष्ट्रिय अम्पायर हरिहरन भन्छन् "यो ठूलो चुनौति हो तर यसमा ठूलो अवसर रहेको छ । विभिन्न ढाँचामा फरक दबाव हुन्छ ।" टेष्टमा नजिकैका क्षेत्रका मैदानमा दबाव दिइन्छ जबकि सिमित ओभर क्रिकेटमा दर्शकहरुको आवजले अम्पायरको कामलाई कठिन बनाउँछ । उनले भने केवल अम्पायरिङ्ग निर्णय मात्र होइन, अन्य चीजहरु जस्तै, आक्रामक अपिलहरु र खराब प्रकाशले गाह्रो अवस्था सिर्जना गर्न सक्छ । तटस्थ अम्पायरहरुले स्थानीय अम्पायरहरुभन्दा निश्पक्ष निर्णय लिने बढी सम्भावना हुन्छ ।

खेलमा दुई तटस्थ अम्पायर राख्ने नियम २००२ देखि लागू भएको थियो । यसअघि १९९९ देखि २००१ सम्म एक स्थानीय र एक तटस्थ अम्पायर हुने गर्दथे ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV