छोरा अर्जुनको कपाल काट्दै सचिन तेन्दुलकर, तस्बिर भाइरल « Nagarik Khabar

छोरा अर्जुनको कपाल काट्दै सचिन तेन्दुलकर, तस्बिर भाइरल



एजेन्सी । भारतीय महान व्याट्सम्यान सचिन रमेश तेन्दुल्करले कपाल काट्दै गरेको  तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भारतमा बन्दाबन्दी (लकडाउन) को चौथो चरण चलिरहेको छ । लकडाउनमा क्रिकेटका दिग्गज खेलाडी तथा क्रिकेटरहरु आफ्नो घरमा परिवारमा समय विताइरहेका छन् । लकडाउनमा पार्लर, सैलुन पनि बन्द रहेको छ । यो समयमा बढ्दै गएको कपालले समस्या उत्पन्न गराएको छ । सचिन तेन्दुलकरले छोरा अर्जुनको कपाल काटेका छन् ।

छोरा अर्जुनको लामो कपाल काट्न सचिन तेन्दुलकर आफैँले कैची चलाएका छन् । छोरी साराको सहयोगमा सचिनले छोरा अर्जुनको कपाल काट्दै गरेको भिडियो इस्टाग्राम मार्फत सार्वजनिक गरेका छन् ।

यो भिडियो सेयर गर्दै सचिनले क्याप्सनमा लेखेका छन् “बुबाको रूपमा तपाईंले सबै कामहरू गर्नुपर्दछ, चाहे यो बच्चाहरूसँग खेल खेल्दै, जिम खेल्दै वा कपाल काट्न।” कपाल जसरी काटिए पनि !अर्जुन तिमी सँधै सुन्दर देखिन्छौँ । मेरो सहायोगी सारा तेन्दुलकरलाई विशेष धन्यवाद ।’

सचिनलाई क्रिकेटका भगवान मानिन्छ । उनले टेष्टमा १५ हजार ९ सय २१ तथा एकदिवसीयमा १८ हजार ४ सय २६ रन बनाएका छन् । क्रिकेटको सबै प्रारुपमा सय अन्तर्राष्ट्रिय शतक बनाउने एकमात्र खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: