सिन्धुलीका कोरोना संक्रमित भिमानका रहेको पुष्टि


SHARES

  • दिपेश थापा

सिन्धुली । सिन्धुलीका पहिलो कोरोना संक्रमित महिला कमलामाई नगरपालिका ९ भिमानको रहेको पुष्टि भएको छ ।

केन्द्रीय स्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाव परीक्षणमा सिन्धुलीका एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सो समाचार बाहिरिएसँगै कहाँका हुन् भन्नेबारे व्यापक खोजी भइरहेको थियो ।

आज बिहान संक्रमण पुष्टि भएका २६ वर्षीया ती महिला काठमाडौंस्थित एपीएफ कोरोना अस्पतालमा भर्ना भएपछि भिमानको रहेको पुष्टि भएको हो ।

सो अस्पताल उच्च स्रोतका अनुसार, स्थायी ठेगाना सिन्धुलीको कमलामाई नगरपालिका ९ को रहेको र काठमाडौंको सिनामंगल बस्दै आएको खुलेको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १५ गते, बिहीबार

menu LIVE TV