कोरोना संक्रमित भेटिएपछि काठमाडौंको मैतीदेवी सिल


SHARES

काठमाडौं । काठमाडौंको मैतीदेवीमा एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रलाई सिल गरिएको छ ।

कमलपोखरी प्रहरी वृत्तले अहिले उक्त क्षेत्र सिल गरेको छ । मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ ।

संक्रमित युवा रामेछापको भएको र उनी गत वैशाख ३० गते रामेछापबाट काठमाडौँ आएको प्रहरीले जनाएको छ । उनमा बुधबार संक्रमण पुष्टि भएको थियो । ती युवालाई पाटन अस्पताल लगिएको छ । उनीसँगै बस्ने एकजनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV