कोरोना संक्रमितको घर क्षेत्र सिन्धुलीको पन्नेसी सिल


SHARES

  • दिपेश थापा

सिन्धुली । कमलामाइै नगरपालिका–९ स्थित पन्नेसी एरियाका पाँच वटा घर सिल गरिएको छ । पाँच घरमा रहेका ४१ जनालाई यताउता नजान भनिएको छ ।

अहिले प्रहरी चौकी भिमानबाट सुरक्षाकर्मीले सो क्षेत्रमा सतर्कता अपनाएको जनाएको छ । सिन्धुलीबाट आज बिहान जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी, नगरपालिकाका स्वास्थकर्मी र सुरक्षाकर्मीहरु पन्नेसी पुगेर विवरण तयार पारेका हुन् ।

हिजो सिन्धुलीका एक जना २६ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएपछि आज उक्त क्षेत्रमा विशेष निगरानी गरिएको छ ।

भर्खरै विवरण संकलन गरेर आएका जनस्वास्थ्य कार्यालय सिन्धुलीका जितेन्द्र शाहले भने, ‘समुदायस्तरमा कोही संक्रमित भए वा नभएको पत्ता लगाउन र संक्रमण देखिएको अवस्थामा समुदायमा फैलन नपाओस भन्नका लागि हामीले ट्रेसिङ्गको काम गरेका हौ ।’

भोलि पिसिआर परीक्षणका लागि पन्नेसी क्षेत्रका स्थानीय बासिन्दाको स्वाब संकलन गरिने उनले बताए ।

उता भारतबाट आउँदै गरेका भिमानका ७ जनालाई क्वारेन्टाइनमा राख्न तयारी भइरहेको ९ नम्बर वडाका वडाअध्यक्ष देवराज पौडेलले बताए ।

वडाअध्यक्ष पौडेलले भने, ‘भारतबाट आएका स्थानीयलाई लिन नगरपालिकाको गाडी जलेश्वर तर्फ गएको छ । यस्ता क्वारेन्टाइन भिमानका अन्य ६ ठाउँमा पनि बनाइनेछ ।’


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २१ गते, आईतवार

menu LIVE TV