भारतीय मिडिया मनिषा कोइरालाविरुद्ध : पाकिस्तानी मिडिया समर्थनमा !


SHARES

एजेन्सी । भारतीय मिडिया बलिउड अभिनेत्री मनिषा कोइरालाविरुद्ध खनिएका छन् । सामाजिक सञ्जालमार्फत उनले नेपालले जारी गरेको नयाँ नक्सामा नेपालको पक्षबाट प्रतिक्रिया दिएपछि भारतीय मिडियाले उनीविरुद्ध निरन्तर विभिन्न आरोप लगाएका छन् ।

मनिषाले नेपाल सरकारले गरेको कामको समर्थन गर्दै त्रिदेशीय वार्तामा जोड दिएकी छन् । भारतीय संस्थापन पक्ष नजिकका मिडियोले उनीविरुद्ध निरन्तर समाचार बजाइरहेका छन् ।

मनिषालाई नेपालले नभएर भारतले बनाएको, भारतको खाएर नेपालको पक्षमा बोलेकोलगायतका आरोप भारतीय मिडियाले लगाएका छन् । तर नेपाली समर्थकले भने उनका पक्षमा हजारौँ कमेन्ट गरेका छन् ।

भारतीय पत्रपत्रिका, अनलाइन, टेलिभिजनलगायतका मिडिया र सामाजिक सञ्जालमासमेत बुधबार बिहानैदेखि निरन्तर समाचार बनेका छन् ।

तर, पाकिस्तानका मिडियाले भने मनिषा कोइरालाको पक्षमा समाचार सार्वजनिक गरेका छन् । भारतविरुद्ध विभिन्न आरोप प्रत्यारोप लगाउँदै पाकिस्तानी सञ्चारमाध्यमले नेपाल र नेपाली नागरिक मनिषा कोइरालाको पक्षमा समाचार बनाएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १५ गते, बिहीबार

menu LIVE TV