अमेरिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु, २ भुटानी शरणार्थीको पनि ज्यान गयो


SHARES

  • गणेश थापा

क्यालिफोर्निया । कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा थप एक जना नेपालीको ज्यान गएको छ । अमेरिकाको कनेक्टिकट राज्यमा बस्दै आएका राजसेन ठकुरीको कोरोना भाइरसको सक्रमणका कारण मृत्यु भएको हो ।

स्थायी घर तनहुँ भएका ठकुरीको बुधवार सॉझ मृत्यु भएको मेरिल्याण्ड राज्यका राज्यसभा सदस्य ह्यारी भण्डारीले जानकारी दिएका छन् । प्राप्त जानकारी अनुसार ठकुरी नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी समेत भएको बताइएको छ ।

योसँगै कोरोना भाइरसको सक्रमणबाट अमेरिकामा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । प्रवासमा रहेका नेपालीहरू मध्ये संक्रमितको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । यहॉ संक्रमित नेपालीहरूको संख्या २ हजारको हाराहारीमा रहेको बताइएको छ ।

यसैबीच लामो समय झापास्थित भुटानी शरणार्थी शिविर बेलडॉगीमा बसेर अमेरिका आएकी भुटानी महिला विष्णुमाया सुब्बाको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ । केन्टकी राज्यको लुइभेलमा बल्दै आएकी करीव ६० वर्षीया सुब्बाको स्थानीय एक अस्पतालमा उपचारकोक्रममा बिहिवार निधन भएको हो । यसअघि सोही ठॉउमा बस्दै आएका एक भुटानी शरणार्थी युवाको समेत कोरोना संक्रमणबाट ज्यान गएको थियो । उता अमेरिकी राज्य मेरिल्याण्डमा बाग्लुंगका २५ वर्षिय आशिष के।सीको तलाउमा डुबेर आइतवार ज्यान गएको छ ।

कोरोना भाइरसको संकेरमणबाट हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ९५ हजार नाघेको छ भने संक्रमित संख्या समेत बढेर १६ लाख माथि पुगिसकेको छ । अफिसियल तथ्यांक अपडेट गर्दैआइरहेको न्युजब्रेकका अनुसार कोभिड(१९ को संक्रमणका कारण हिजो १६ सय मानिसको ज्यान गएको अमेरिकामा स्थानीय समय अनुसार आज बिहिवार साँझसम्ममा १ हजार २ सय बढको मृत्यु भएको छ ।

यता कोभिड–१९ को महामारीबाट प्रभावितलाई सरकारले वितरण गरिरहेको १२ सय डलरको राहत रकम अब प्राप्त गर्न बॉकी करीव ४० लाख अमेरिकाबासीलाई डेविट कार्ड मार्फत वितरण गरिने सम्बन्धित सरकारी अधिकारीहरू उल्लेख गरेका छन् ।

यसैबीच कोरोना महामारीका कारण रोकिएको डिभी लोटरीको नतिजा जुन ६ मा सार्वजनिक हुने भएको छ । हाल केही इमिग्रेसन सम्बन्धीका कामकारवाहीहरू भने केही समयका लागि अस्थायी रूपमा सरकारले स्थगित गरेको छ । कोभिड(१९ संगको आन्तरिक लडाइमा कडा संघर्षरत अमेरिकामा भाइरस नियन्त्रणका लागि लामो समय लाग्नसक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउदै आएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV