भारतसँगको सीमा विवादलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्दैनौँ : सरकारका प्रवक्ता (भिडियोसहित)


SHARES

काठमाडौं । सरकारले भारतसँगको सीमा विवादलाई तत्काल अन्तर्राष्ट्रियकरण नगर्ने भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भारतसँगको सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको जानकारी दिए । भारतसँगको सीमा विवाद दुई पक्षीय वार्ताबाट समाधानको प्रयास गरिने खतिवडाको भनाइ छ ।

उनी भन्छन्, ‘हामीले नक्सा जारी गरेका छौं। त्योसँग सम्बन्धित विवाद हुने विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्नेबारे सोचेका छैनौं । अहिले हामीले मित्र राष्ट्रसँग वार्ता गरेर समाधान खोज्ने हो। कूटनीतिक तवरबाट समाधान ननिस्किए त्यसपछि अरू के गर्ने भन्ने कुरा हुन्छ।’

आजको मन्त्रिपरिषद् बैठकले संविधानको अनुसूची ३ लाई परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेकोछ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १५ गते, बिहीबार

menu LIVE TV