पाँच जिल्लाका सिडिओको सरुवा


SHARES

काठमाडौं । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ ।

रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका सिडिओको सरुवा गरेको हो । रसुवाको प्रजिअमा गृह मन्त्रालयका हरि पन्त, नवलपरासीमा सागरमणि पाठक, लमजुङमा कृष्णप्रसाद शर्मालाई सरुवा गरिएको छ।

त्यस्तै बाजुरामा कृष्ण गैरे तथा बैतडीमा मोहन जोशीलाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ । रसुवाका प्रजिअ अर्जुन भण्डारी र नवलपरासीका बासुदेव दाहालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा ल्याइएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १५ गते, बिहीबार

menu LIVE TV