पाकिस्तानको जहाज शहरमै खस्यो (तस्बिरसहित)


SHARES

एजेन्सी । पाकिस्तानको कराँची नजिकै चालक दलका सदस्यसहित १०७ जना यात्रु बोकेको विमान शुक्रबार दुर्घटना भएको छ ।

पाकिस्तानी सरकारी स्वामित्व रहेको पाकिस्तानी अन्तर्राष्ट्रिय विमान सेवाको विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणका अब्दुल सत्तार कोखरले दिएको जानकारी अनुसार अहिलेसम्म मानवीय क्षतिको पुष्टि गर्न सकिने अवस्था छैन ।

अधिकारीहरुका अनुसार विमानमा ९९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका थिए । दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको थियो ।

विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विषेश गरेर गरिव समुदायका मानिसहरु बस्ने गर्दथ्ये ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुको भनाई छ ।घटनास्थलमा प्रहरी, सैनिक, स्वयंसेवकलगायतलाई परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

एयरबस ए ३२० को हवाई हजाज लाहोरबाट कराँचीको उडानमा रहेका अधिकारीहरुले बताएका छन् । कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो ।

तस्बिर : जिओटिभी


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV