सशस्त्र प्रहरीद्वारा लागूऔषध बरामद « Nagarik Khabar

सशस्त्र प्रहरीद्वारा लागूऔषध बरामद



रुपन्देही । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ७ टिकरबाट जेठ ८ गते सशस्त्र प्रहरी (एपीएफ) टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।

उक्त स्थानमा वेवारिसे अवस्थामा रहेको स्पास्मो प्रोक्सिभन क्याप्सुल ५ सय ४८ वटा, कोडिन २० बोतल र ७ वटा म्यानफोर्स ट्याब्लेट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पजरकट्टिबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लागूऔषध स्थानीय प्रहरीमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: