भूमिमन्त्री अर्यालले उपराष्ट्रपतिलाई प्रदान गरिन् नेपालको नयाँ नक्सा


SHARES

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'लाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री मन्त्री पद्‍माकुमारी अर्यालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा प्रदान गरेकी छिन् । शुक्रबार साँझ उपराष्ट्रपति भवन, हरितगृह पुगेर मन्त्री अर्यालले नेपालको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा सम्माननीय उपराष्ट्रपतिलाई प्रदान गरेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

नेपालको नयाँ नक्सा ग्रहण गर्नेक्रममा उपराष्ट्रपति पुनले नक्सा अध्यावधिक गर्ने सरकारको निर्णय नेपाली जनताका लागि गौरवपूर्ण र ऐतिहासिक भएको भन्दै सरकारलाई धन्यवाद दिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १५ गते, बिहीबार

menu LIVE TV