सर्लाहीका १३ जनामा कोरोना संक्रमण पुष्टि


SHARES

काठमाडौं । नेपालमा शनिवार बिहान थप ३२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शनिवार बिहान प्राप्त रिपोर्ट अनुसार सबैभन्दा बढी सर्लाहीका १३ जना संक्रमण पुष्टि भएको हो ।

सर्लाहीका गोडैता र कविलासी नगरपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमितहरु सबै पुरुष हुन् ।

त्यस्तै, शनिवारको रिपोर्ट अनुसार, कपिलवस्तु, रुपन्देही, बारा र चितवनमा थप नयाँ संक्रमित पुष्टि भएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिकाका ७ जना पुरुष र एक महिला छन् ।

त्यस्तै, बाराको करैयामाई नगरपालिकाका एक महिलामा पनि पुष्टि भएको छ । त्यस्तै काठमाडौंका ३५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा गैडहवा र रोहिणी गाउँपालिकाका आठ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरापालिकाका एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १५ गते, बिहीबार

menu LIVE TV