कोरोना कहरः भारतमा बनेको औषधि विष समान !


SHARES

एजेन्सी । कोरोना भाईरस संक्रमणबाट बच्न भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेवन गरेको भनिएको भारतमा निर्मित औषधी घातक सावित भएको छ । भारतमा निर्मित हाईड्रोक्सिक्लोरोक्विन नामक मलेरिया रोगका लागि प्रयोग हुने औषधी अमेरिकामा घातक सिद्ध भएको हो ।

साईन्स जर्नल ‘लेसेन्ट’ ले गरेको अध्ययनका अनुसार हाईड्रोक्सिक्लोरोक्विन औषधि दिंदा कोरोना संक्रमितहरुको मृत्यु दर बढेको पाइएको छ । साईन्स जर्नल ‘लेसेन्ट’ ले गरेको अध्ययनका क्रममा ९६ हजार विरामीहरुलाई सहभागी गराइएको थियो । ति मध्ये १५ हजार विरामीहरुलाई हाईड्रोक्सिक्लोरोक्विन दिइएको थियो ।

यो अध्ययनले कोरोन संक्रमित अन्य विरामीहरु भन्दा हाईड्रोक्सिक्लोरोक्विन औषधि दिइएका विरामीहरुको मृत्यु दर धेरै देखियो भने हृदयरोगको समस्या देखियो । जसअनुसार हाईड्रोक्सिक्लोरोक्विन दिईएका विरामीहरुको मृत्यु दर १८ प्रतिशत देखियो । यो औषधिको प्रयोग नगरिएका विरामीमा मृत्यु दर ९ प्रतिशत मात्रै देखियो ।

भारतमा भारी मात्रामा उत्पादन हुने हाईड्रोक्सिक्लोरोक्विन औषधिले अमेरिकाका विभिन्न अस्पतालहरुमा उपचाररत विरामीहरुमा कुनै फाईदा नगरेको साईन्स जर्नल ‘लेसेन्ट’ को रिपोर्टमा उल्लेख छ । भारतले यो औषधि उपर गत मार्चमा प्रतिबन्ध लगाएको थियो तर, अमेरिकी राष्ट्रपति ट्रम्पको विशेष अनुरोधमा प्रतिबन्धमा फुकुवा गरि अमेरिका निकासी गरिएको थियो ।

मलेरिया उपचारमा प्रयोग हुने हाईड्रोक्सिक्लोरोक्विन औषधिले हृदय रोगको समस्या निम्तिने विज्ञहरुले बताएका छन । तर विज्ञहरुको सुझावको बेवास्था गर्दै राष्ट्रपति ट्रम्पले आफुले यहि औषधि सेवन गरकाले आफुमा कोरोना नेगेटिभ देखिएको र स्वस्थ रहेको दावी गर्दै यसको सेवनलाई प्रोत्साहित गरेका थिए ।

मलेरिया रोगको उपचारमा प्रयोग गरिने हाईड्रोक्सिक्लोरोक्विन औषधि लुपस या अर्थराइटिस रोगका केही केसमा लाभदायक देखिएको छ । यो औषधि कोरोना संक्रमित विरामीमा क्लिनिकल ट्रायलमा पनि समावेश गरिएको छैन । 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १५ गते, बिहीबार

menu LIVE TV