कोरोना भाइरसविरुद्ध चिनियाँ कम्पनीले बनाएको भ्याक्सिनको ठूलो सफलता (प्रतिवेदनसहित)


SHARES

एजेन्सी । चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनले ठूलो सफलता प्राप्त गरेको छ । बेइजिङमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण गरिएकोमा त्यसको नतिजा अहिलेसम्मकै सकरात्मक देखिएको छ ।

पहिलो चरणको परीक्षण प्रतिवेदनमा भ्याक्सिनले दुई हप्ताभित्र मानिसमा भाइरसविरुद्ध लड्ने क्षमता रोगप्रतिरोधात्मक क्षमता बिकास भएको पाइएको न्युयोर्क टाइम्सले जनाएको छ ।

पहिलो चरणको परीक्षण प्रतिवेदन द ल्यानसेट जर्नलमा प्रकाशन गरिएको छ । प्रतिवेदनमा परीक्षणका क्रममा नजिता अहिलेसम्मकै प्रभावकारी आएको उल्लेख छ । परीक्षणमा १ सय ८ जना स्वयंमसेवक सहभागी भएका थिए । उनीहरुको उमेर १८ देखि ६० वर्षको रहेको छ ।

मानिसमा परीक्षण गर्नुभन्दा पहिले यो भ्याक्सिन बाँदरमा प्रयोग गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । बाँदरमा पूर्णरुपमा सफलता प्राप्त गरेपछि मानिसमा परीक्षण गरिएको थियो । बाँदरलाई कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

बेइजिङको सिनोवाक बायोटेक नामको चिनियाँ कम्पनीले 'एडी-पाइभ' नामक भाइरसबाट यो भ्याक्सिन तयार गरेको न्युयोर्क टाइम्समा उल्लेख छ । खोपको विकासका लागि विभिन्न देशबीच प्रतिस्पर्धा चलिरहेकामा अब चीन सबैभन्दा अगाडि देखिएको छ ।

लनसेटको प्रतिवेदनमा एकपटकमात्र खोप दिइएका व्यक्तिमा दुई हप्ताभित्र कोरोनाविरुद्धको क्षमता बिकास भएको पाइएको उल्लेख छ । तर २८ दिनमा भने मानिसमा पूर्णरुपमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बिकास भएको छ ।

वैज्ञानिकहरुले यो अहिलेसम्मकै राम्रो नतिजा भएको जनाएका छन् ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV