'गफाडी उट्पट्याङको चेला उट्पट्याङ नै हुन्छ, विद्वान भिजनरीको चेला विद्वान'


SHARES

  • रुपनारायण श्रेष्ठ
    अध्यक्ष, समाजवादी विद्यार्थी युनियन

जस्तो बिउ उस्तै फल । सिमाको खम्बाहरु हराइरहेका छन् गाड्न नसक्ने , आफ्नो भुगोलको सुरक्षा गर्न सेना पठाउन नसक्ने, आफ्नै सुरक्षाको लागि दर्जनौं प्रहरीको घेरा लगाउने, अरिंगाल सेनाहरुलाई सिमामा अलपत्र परेका नेपालीको उद्दार गरी क्यारेन्टिनमा राख्न र अन्य व्यवस्थापन गर्न नपठाउने यता आफ्नै देशको नेता बाबुराम लगायत विपक्षीहरुको हुर्मत लिने काम निन्दनीय छ ।

दुनियाँले नभनेको विज्ञहरुले नजानेको बिषय कोरोना दुई प्रकारको र भारतको कडा खालको भनी प्रधानमन्त्रीले हावादारी गफ गरी देशकै बेइज्जत गरेका छन् । देशको किसानहरुको उत्पादित खेती नउठाउने उता भारतबाट खरबको खाद्यान्न खरिद गर्दै ब्यापारीसँग कमिसन लिने गरेका छन् ।

किसानले मल र ट्याक्टर किन्न नसक्ने तर पानी जहाज कार्यालयलाई ३ करोडको गाडी खरिद गर्ने आफु राष्ट्रवादी कलिन अरुलाई अराष्ट्रवादी भनेर आरोप लगाउने काम भएको छ ।

देशको लागि योगदान दिने महावीर पुन, शेरबहादुर पुन, सन्दुक रुइत, रुना झा, कुनमान घिसिङहरुलाई नचिन्ने तर महामहिम राष्ट्रपतिबाट आफ्नै कार्यकर्ताहरु पुरस्कृत गर्ने, आफ्नो खेती गर्ने जग्गा भारतले हडप्दा मधेसमा लड्ने मधेसी राष्ट्रवादी नहुने अनि माइतीघरमा नारा लगाउने मात्रै राष्ट्रवादी हुने, मधेसको नेपाली दाजुभाइहरुलाई बिहारी भन्दिने र जहिलै उनीहरुको देशभक्तिको भावना माथि प्रहार गर्ने काम भएको छ ।

यता महाकाली सम्झौता गर्नेहरुलाई राष्ट्रवादीको पगरी गुथाइदिने, सरकारले आफ्नो खास गुटलाई पोस्न यति र ओम्नी काण्डहरु मच्चाइरहने, ७० करोड कमिसनको डिल गर्ने आफ्नो कार्यकर्तालाई चोख्याउने काम भएको छ ।

निर्मलाको बलात्कार र हत्यारा पत्ता नलगाउले, तस्कर समातिएको तर तेत्तीस किलो सुन बिदेश पुग्यो भनेर गैरजिम्मेवार अभिव्यक्ति दिने तर उनै पुलिस हाकिमलाई पार्टी फुटाउने खेलमा सांसद अपहरणको जिम्मा लगाउने काम जायज हुनसक्छ ?

लकडाउन गरेर पहुँचवाला आफ्ना अरिंगाल कार्यकर्ताहरुलाई जथाभावी पास दिएर सडकमा जुलुस निकाल्ने तर बिरामीहरु अस्पताल जान नपाउने औषधि किन्न हिँडेका बटुवाहरु कुटिने । मिलेर मिलाएर खाने ओली कम्पनीलाई नै मान्नुपर्ने भयो नेपालको सुशासन र राष्ट्रवाद ?


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV